Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

सेवाग्राहीलाई सहज रूपमा सिंहदरबार प्रवेशको व्यवस्था गर्न माग

सेवाग्राहीलाई सहज रूपमा सिंहदरबार प्रवेशको व्यवस्था गर्न माग

  • 280
    SHARES
  • सेवाग्राहीलाई सहज रूपमा सिंहदरबार प्रवेशको व्यवस्था गर्न माग

    काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा सेवाग्राहीलाई गरिएको प्रवेश कडाइ अन्त्य गर्न माग गरेका छन् ।

    सरकारले लाइनबिहीन सेवाको सुरुवात गरेको भएपनि सिंहदरबार प्रवेशका लागि सेवाग्राही लाइनमा लाग्ने गरेको प्रसंग उठाउँदै जारी प्रतिनिधसभा बैठकमा उनले सिंहदरबारभित्र सेवाग्राहीलाई निर्वाध प्रवेशको व्यवस्था गर्न रूलिङको माग गरेका हुन् ।

    मन्त्रालयजति सबै सिंहदरबारभित्र राख्ने र सेवाग्राहीलाई प्रवेशमा कडाइले सुशासनको प्रत्याभूति नहुने भन्दै सांसद ज्वालाले तत्काल सिंहदरबार प्रवेशलाई सहज गराउन माग गरेका हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij