Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

राष्ट्रपति निर्वाचन : आज उजुरीमाथि छानविन र अन्तिम नामावली प्रकाशन गरिने

राष्ट्रपति निर्वाचन : आज उजुरीमाथि छानविन र अन्तिम नामावली प्रकाशन गरिने

  • 252
    SHARES
  • राष्ट्रपति निर्वाचन : आज उजुरीमाथि छानविन र अन्तिम नामावली प्रकाशन गरिने

    काठमाडौं । राष्ट्रपति निर्वाचन कार्यक्रमअन्तर्गत शुक्रबार मतदाता नामावलीमा समावेश नाममा दाबी विरोध र उजुरीमाथि छानविन गरेर अन्तिम नामावली प्रकाशन गरिँदै छ ।

    २५ फागुनमा हुने राष्ट्रपति र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका प्रकाशित मतदाता नामावलीमाथि परेका दाबी विरोध र उजुरीमाथि छानविन गरेर अन्तिम नामावली प्रकाशित गर्ने निर्वाचन आयोगले जनाएको छ ।

    शुक्रबार मध्यान्हसम्म दाबी विरोध र उजुरीमाथि छानविन गर्ने र अपरान्ह ३ देखि ४ बजेभित्र अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम छ । यसैगरी १३ फागुन अर्थात् शनिबार मनोनयन दर्ताको समय तोकिएको छ । राष्ट्रपतिका लागि २५ फागुनमा बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij