Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

कालै क्षेत्र र सोरुकोट जोड्ने पुल मर्मत नहुँदा स्थानीयलाई समस्या

कालै क्षेत्र र सोरुकोट जोड्ने पुल मर्मत नहुँदा स्थानीयलाई समस्या

  • 271
    SHARES
  • कालै क्षेत्र र सोरुकोट जोड्ने पुल मर्मत नहुँदा स्थानीयलाई समस्या

    मुगु । मुगुको सोरु गाउँपालिका-९ मा पर्ने कालै क्षेत्र र सोरुकोट जोड्ने पुल मर्मत नहुँदा स्थानीयले सास्ती भाग्नु परेको छ ।

    २०३९ मा निर्माण भएको पुल जीर्ण बन्दा कर्णाली नदी तर्न डर लाग्ने अवस्था भएको स्थानीय रामप्रसाद शर्माको भनाइ छ । कालैका स्थानीय पदम योगीका अनुसार गत असोजमा लेखबाट बेँसीमा भेडा सार्दा पुलबाट खसेर पाँचवटा भेडा कर्णालीमा बेपत्ता भएका थिए।

    पुल जीर्ण बन्दै जाँदा कर्णाली नदी गर्नका लागि समस्या भएको उनको भनाइ छ । ‘कर्णाली नदी तर्नका लागि यो पुलको विकल्प छैन, तर जीर्ण बनेको पुल प्रयोग गर्न डर लाग्छ’, शर्माले भने ।

    सोरुकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले जीर्ण पुल मर्मतसम्भारको योजना बनाइएको बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij