Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

क्रिकेटर डा.ईशान पाण्डे अभिवादन एक्सपिडिसन होलिडेजको ब्रान्ड एम्बेसडर नियुक्त

क्रिकेटर डा.ईशान पाण्डे अभिवादन एक्सपिडिसन होलिडेजको ब्रान्ड एम्बेसडर नियुक्त

  • 51
    SHARES
  • क्रिकेटर डा.ईशान पाण्डे अभिवादन एक्सपिडिसन होलिडेजको ब्रान्ड एम्बेसडर नियुक्त

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी डा.ईशान पाण्डे अभिवादन एक्सपिडिसन होलिडेज प्रालिको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । काठमाडौंको नयाँबजारस्थित होटल जी रामायणमा बुधबार आयोजित कार्यक्रममा अभिवादन एक्सपिडिसन होलिडेज र डा.पाण्डेबीच प्रायोजन सम्झौतामा हस्ताक्षर भएको हो ।

    सम्झौतामा अभिवादन एक्सपिडिसन होलिडेजका अध्यक्ष डा.उमेश गुप्ता र डा.ईशान पाण्डेले हस्ताक्षर गरेका छन् । कार्यक्रममा सञ्चारकर्मी तथा अतिथिहरूको उपस्थिति थियो । ब्रान्ड एम्बेसडरका रूपमा डा.पाण्डेले कम्पनीका ब्रान्ड अभियान तथा प्रचारात्मक गतिविधिमा प्रतिनिधित्व गर्नेछन् । नेपाली क्रिकेट र नेपालको पर्यटन क्षेत्रलाई एकसाथ प्रवर्द्धन गर्ने उद्देश्यले साझेदारी गरिएको कम्पनीले जनाएको छ । अभिवादन एक्सपिडिसन होलिडेजका अध्यक्ष डा। उमेश गुप्ताले कम्पनीले २७ वर्षभन्दा लामो समयदेखि नेपाल तथा क्षेत्रका विभिन्न गन्तव्यमा पर्यटकलाई सेवा दिँदै आएको बताए ।

    उनले डा.पाण्डेको अनुशासन, ऊर्जा र राष्ट्रिय पहिचानले कम्पनीको ब्रान्डलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । त्यस्तै, डा.ईशान पाण्डेले अभिवादन एक्सपिडिसन होलिडेजको ब्रान्ड एम्बेसडर बन्न पाउँदा खुसी लागेको बताए । नेपालमा पर्यटकका लागि धेरै सम्भावना रहेको उल्लेख गर्दै उनले नेपालको पर्यटनलाई विश्वभर चिनाउन सहयोग गर्ने बताए । काठमाडौंमा मुख्यालय रहेको अभिवादन एक्सपिडिसन होलिडेजले नेपाल, भुटान र बंगलादेशमा पर्यटन सम्बन्धी सेवा प्रदान गर्दै आएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij