Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले गरे नवौं राष्ट्रिय खेलकुदमा विजेता खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले गरे नवौं राष्ट्रिय खेलकुदमा विजेता खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान

  • 243
    SHARES
  • सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले गरे नवौं राष्ट्रिय खेलकुदमा विजेता खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान

    काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ मा सहभागी भई विभिन्न विधामा स्वर्ण पदक जित्न सफल नेपाल एपीएफ क्लबका खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरेका छन् ।

    सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आज बुधबार आयोजित समारोहमा सो प्रतियोगितामा स्वर्ण पदक, रजत तथा कास्य पदक विजेता खेलाडीहरूलाई नगदसहित सम्मानपत्र प्रदान गरिएको हो ।

    यसैगरी सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले प्रशिक्षक, व्यवस्थापक तथा नेपाल एपीएफ क्लबलाई सहयोग पुर्‍याउनेहरूलाई समेत सम्मान गरे । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल र बंशीराज दाहालले रजत तथा कास्य पदक विजेता खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान गरे ।

    गत असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको विभिन्न स्थानहरूमा संचालन भएको उक्त राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल एपीएफ क्लवले सामूहिक तथा व्यक्तिगत विधामा ६५ स्वर्ण, ७२ रजत र ८२ कास्य गरी कुल २ सय १९ पदक सहित दोस्रो स्थान हासिल गरेको थियो ।

    कुल ३६ खेल विधा समावेश गरिएको उक्त प्रतियोगितामा सशस्त्र प्रहरी बल, नेपालको नेपाल एपीएफ क्लबबाट ३१ खेल विधामा ५ सय ४९ जना खेलाडीहरूको सहभागिता रहेको थियो । उक्त समारोहमा सो प्रतियोगितामा व्यक्तिगत खेलतर्फ पदक विजेता खेलाडीलाई जनही तथा सामुहिक खेलतर्फ दुई वा दुई भन्दा बढी विधातर्फ सहभागी भई पदक विजेता टिमका टिम क्याप्टेनलाई नगद पुरस्कारसहित सम्मानपत्र समेत प्रदान गरिएको छ ।

    सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले त्यसअवसरमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल एपीएफ क्लवका खेलाडीहरूले खेलाडीहरूको ज्ञान, सिप र क्षमताको संगठनले उच्च उल्यांकन गरेको बताउँदै उले आगामी दिनमा समेत खेलाडीहरूले उच्च अनुशासनमा रही उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

    नेपाल एपीएफ क्लबबाट सहभागी भई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट खेल प्रदर्शन गरेबापत सशस्त्र प्रहरी बल नेपालले गत माघ ९ गते सशस्त्र प्रहरी दिवसको अवसर पारेर पहिलो पटक १६ जना खेलाडीहरूलाई एक तह बढुवा गर्दै दर्ज्यानी चिन्ह प्रदान गरेको थियो ।

    apf oilice.JPG
     


    उनले खेलाडीहरूले प्राप्त गरेको सफलतालाई कायम राख्दै अझै राम्रो र उत्कृष्ट खेल प्रदर्शन गर्न शुभकामना दिँदै आगामी दिनमा नेपाल एपीएफ क्लबलाई थप विकास गर्दै लैजाने उल्लेख गरे ।

    सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले क्लबमा आवद्ध सम्पूर्ण खेलाडी तथा क्लबलाई सहयोग पुर्‍याउने संघसंस्था र महानुभावहरूप्रति आभार समेत व्यक्त गरे ।

    कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल र वंशीराज दाहाल लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत, सिनियर अधिकृत, जुनियर अधिकृत तथा बिल्लादार जवानहरूको समेत उपस्थिति रहेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij