Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

माधवकुमार नेपाल र भारतीय विदेशसचिवबीच भेटवार्ता

माधवकुमार नेपाल र भारतीय विदेशसचिवबीच भेटवार्ता

  • 320
    SHARES
  • माधवकुमार नेपाल र भारतीय विदेशसचिवबीच भेटवार्ता

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र भारतीय विदेश सचिव बिनय मोहन क्वात्रा बिच भेटवार्ता भएको छ । कोटेश्वरस्थित नेपाल निवासमा अध्यक्ष नेपाल र बिदेश सचिव क्वात्राबीच भेटवार्ता भएको हो ।

    नेपाल-भारत सचिवस्तरीय उच्च संयन्त्रको बैठकमा भाग लिन नेपाल आएका क्वात्राले हिजो राष्ट्रपति बिद्यादवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

    दुई दिने नेपाल भ्रमणमा आएका क्वात्राले आज एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्ता राउतलगायतसँग भेटवार्ता गर्दैछन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij