Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

राजर्षी जनककप : सुदूरपश्चिम–११ सेमिफाइनलमा

राजर्षी जनककप : सुदूरपश्चिम–११ सेमिफाइनलमा

  • 398
    SHARES
  • राजर्षी जनककप : सुदूरपश्चिम–११ सेमिफाइनलमा

    सर्लाही । सडन डेथमा चर्च ब्वाईज यूनाईटेडलाई पराजित गर्दै सुदूरपश्चिम–११, जारी राजर्षी जनककपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    सोमबारको खेलमा सडनडेथ मार्फत् चर्च ब्वाईज यूनाईटेड ललितपुरलाई पराजित गर्दै सुदूरपश्चिम–११, धनगढी सेमिफाइनलमा प्रवेश गरेको हो ।

    सडनडेथमा सुदूरपश्चिम–११, ले चर्च ब्वईजलाई ७–६ गोल अन्तरले पराजित गर्‍यो । ९० मिनेटको खेल गोलरहीत बराबरीमा सकिएपछि अतिरिक्त २० मिनेटको समय थप गरिएको थियो ।

    थप गरिएको समयमा पनि गोलरहीत बराबरीमा सकियो । थप समय पनि रोलरहीत भएपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो ।

    ट्राईब्रेकरमा समेत दुवै टिमले ४–४ को बराबरी गोल गरे । त्यसपछि सडनडेथमा गएको खेलमा चर्चब्वाईज अभागी सावित भएको हो ।

    rajarshicup (2).jpg
     

    सडनडेथमा चर्चब्वाईजका खेलाडी सविन खड्काको प्रहार गोल पोष्टको नजिकै भएर बाहिरिएको थियो । लगतै प्रहार गरेका सुदूरपश्चिम–११, का गगनदिप सिंहले गोल गर्दै टिमलाई जित दिलाए ।

    खेलको दुवै समय निकै संघर्षपूर्ण खेलेका दुवै टोलीले सशक्त गोलपोष्ट गर्न सकेनन् । सडनडेथमा टिमलाई जित दिलाएका सुदूरपश्चिम–११, का खेलाडी गगनदिप सिंह म्यान  अफ द म्याच  घोषित हुँदै ट्रफी र नगद १० हजार हात पार्न सफल भए ।

    जितसँगै सुदूरपश्चिम–११ ले फागुण ३ हुने अन्तिम क्वाटरफाइनल खेलका विजेतासँग सेमिफाइनल भेट पक्का गरेको छ । प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा आयोजक बाग्मती युवाक्लव र मच्छिन्द्र फुटबल क्लव भिड्दै छन् ।

    यस्तै मंगलबारको तेस्रो क्वाटरफाइनल खेलमा संकटा क्लव काठमाडौं र नवजनजागृति युवाक्लव सिमराबीच   प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij