Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

पशुपति परिसरमा सीसीटीभीमार्फत् निगरानी राख्न मन्त्री  किरातीको निर्देशन

पशुपति परिसरमा सीसीटीभीमार्फत् निगरानी राख्न मन्त्री  किरातीको निर्देशन

  • 272
    SHARES
  • पशुपति परिसरमा सीसीटीभीमार्फत् निगरानी राख्न मन्त्री  किरातीको निर्देशन

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले महाशिवरात्रिमा पशुपति परिसर क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिएका छन् ।

    महाशिवरात्रिको पूर्व सन्ध्यामा आयोजित सरसफाई अभियानमा सहभागी हुँदै उनले त्यस अवसरमा सुरक्षा व्यवस्था बलियो बनाउन सीसीटीभीमार्फत् निगरानी राख्न निर्देशन दिएका हुन् ।

    आज ‘स्वच्छ पशुपति, सफा पशुपति’ भन्ने नाराका साथ सुरु भएको सरसफाई अभियानका क्रममा मन्त्री किरातीले यस क्षेत्रमा कुहिने र नकुहिने फोहोर व्यवस्थानका लागि छुट्टा-छुट्टै ‘डस्टिबिन’ राख्न कोषका पदाधिकारीलाई निर्देशन दिए ।

    उनले पशुपति क्षेत्रमा आउने दर्शकका लागि सहज शौचालयको व्यवस्था गर्न समेत निर्देशन दिएका छन् । आजदेखि सुरु भएको पशुपति क्षेत्र सरसफाई अभियान एक सातासम्म चल्नेछ ।

    महाशिवरात्रि नजिकिएसँगै पशुपति परिसर क्षेत्रमा रंगरोगन, मर्मत तथा फूल तथा बिजुली बत्ती सजावटको काम सुरु भइसकेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलनकुमार थापाले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij