वेबटिभी खबर
रुपन्देही । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । शनिवार बुटवलमा पत्रकार सम्मेलन गर्दै नेकपा रुपन्देहीले राष्ट्रिय तथा स्थानीय मुद्दाहरूलाई लिएर संघर्ष गर्ने भएको हो ।
पछिल्लो समय बैंक तथा लघुवित्तले बढाएको ब्याजदर, चर्को घरबहाल भाडा एवं मिटरब्याजीहरुको कारण उद्योगी व्यवसायी तथा आम नागरिक मर्कामा परेको भन्दै समयमै सच्चाउन र राष्ट्रिय पुँजीको संरक्षण गर्दै उद्योग व्यापारलाई प्रोत्साहन गर्न ब्याजदर एक अंकमा झार्न दबाब दिने र समस्याको किटान गरी कारबाही समेत गरिने नेकपाका केन्द्रीय सदस्य शरद सीले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij