Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

मालपोतको कामकाज एक सातापछि पुनः सञ्चालन

मालपोतको कामकाज एक सातापछि पुनः सञ्चालन

  • 260
    SHARES
  • मालपोतको कामकाज एक सातापछि पुनः सञ्चालन

    महोत्तरी । महोत्तरी मालपोत कार्यालयको कामकाज आज एक सातापछि पुनः सञ्चालन भएको छ ।

    लेखापढी कानुन व्यवसायीहरूको आन्दोलनका कारण गत बुधबारदेखि सदरमुकाम जलेश्वरस्थित उक्त कार्यालयको कामकाज ठप्प रहेकोमा आजदेखि पुनः सबै कामकाज सञ्चालन भएको कार्यालयका प्रमुख मोहम्मद इजहार आलमले बताए ।

    उक्त कार्यालयमा आबद्ध करिब दुई सय लेखापढी कानुन व्यवसायी (लेखनदास)हरूले सेवाग्राहीलाई आवश्यक पर्ने राजीनामा, जग्गापास, नामसारी, अंशबन्डा, रोक्का, रोक्का फुकुवालगायत सबै कामकाज बुधबारदेखि नै ठप्प परेका कारण एक सातासम्म कार्यालय बन्द थियो ।

    गत बुधबार जिल्ला प्रहरीले मालपोत कार्यालयबाट पाँच बिचौलियालाई पक्राउ गरेपछि लेखापढी व्यवसायीहरूले पक्राउ परेकाहरू पनि लेखनदास रहेको भन्दै उनीहरूलाई निसर्त छाड्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रेपछि शुक्रबार प्रहरीले उनीहरूलाई रिहा गरेको थियो तर पनि लेखनदासहरूले उनीहरूमाथि लगाइएको मुद्दा खारेज हुनुपर्ने, कार्यालयमा निर्बाधरूपमा लेखापढी व्यवसायीहरू आउजाउ गर्न पाउनुपर्ने र प्रहरीले कोही कसैलाई समात्न नपाउने भन्दै काममा फर्किएका थिएनन् ।

    यसैबीच आन्दोलनरत लेखनदासहरू र कार्यालयबीच मंगलबार साँझ सहमति भएपछि सम्पूर्ण आन्दोलनको कार्यक्रम स्थगित गरी आजदेखि मालपोतको सम्पूर्ण कामकाज सञ्चालन भएको लेखापढी कानुन व्यवसायी एसोसिएसनका अध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिए ।

    प्रहरीले गत बुधबार दिउँसो कार्यालयको प्रांगणमा सेवाग्राहीहरूलाई हाकिम, कर्मचारीहरुसँग आफ्नो सेटिङ रहेको र आफूले छिटोछरितो काम गराइदिने भन्दै प्रलोभन देखाउँदै पैसाको मोलमोलाई गरिरहेको अवस्थामा पाँच बिचौलियालाई पक्राउ गरेको थियो तर लेखनदासहरूले उनीहरू बिचौलिया नभएर आफ्ना कानुन व्यवसायी रहेका र उनीहरूलाई छाड्नुपर्ने भन्दै आन्दोलन चर्काएर एक सातासम्म कार्यालयको सम्पूर्ण कामकाज ठप्प पारेका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij