वेबटिभी खबर
काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले नेकपा माओवादी केन्द्रसँगको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छिन् ।
राष्ट्रियसभाको उपाध्यक्षको भूमिका स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन आफूआबद्ध माओवादी केन्द्रको पार्टी सदस्यता र सम्पूर्ण राजनीतिक, सांगठनिक जिम्मेवारीबाट अलग भएको उनले बुधबार घोषणा गरेकी हुन् ।
गत सोमबार राष्ट्रियसभा उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएकी उनले मंगलबार पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गरेकी थिइन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij