Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

राष्ट्रियसभा उपाध्यक्षमा अर्याल निर्विरोध, औपचारिक घोषणा हुँदै  

राष्ट्रियसभा उपाध्यक्षमा अर्याल निर्विरोध, औपचारिक घोषणा हुँदै  

  • 256
    SHARES
  • राष्ट्रियसभा उपाध्यक्षमा अर्याल निर्विरोध, औपचारिक घोषणा हुँदै  

    काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छिन् । उनी हिजो आइतबार निर्विरोध भएकी हुन् । औपचारिक घोषणा भने आज गरिँदैछ ।

    आज मध्याह्न १२ बजे बस्ने राष्ट्रियसभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गर्न लागिएको हो ।

    यसअघि उपाध्यक्ष रहेकी शशीकला दाहालको चार वर्षे कार्यकाल २०७८ सालमै सकिएको थियो ।

    आइतबार मनोनयन दर्ताको दिन सत्ता साझेदार दलहरुको तर्फबाट अर्यालको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी हुन् ।

    नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गर्दै अर्याललाई निर्विरोध हुन सघाएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij