वेबटिभी खबर
काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदमा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले उम्मेदवारी दर्ता गराएकी छिन् ।
संघीय संसद सचिवालय नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा पुगेर उनले उम्मेदवारी दर्ता गरेकी हुन् ।
मनोनयनका लागि साँझ ४ बजेसम्मको समय ताेकियकाे छ । उनी निर्विरोध निर्वाचित हुने सम्भावना छ ।
सत्ता गठबन्धनबाट माओवादीको अर्यालले उम्मेदवारी दिँदै गर्दा विपक्षी गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको छ । कांग्रेसले पनि माओवादीको अर्याललाई समर्थन गर्ने भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij