Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

सन्दीप विरूद्धको मुद्दाका सबै कागजात झिकाउन सर्वोच्चको आदेश

सन्दीप विरूद्धको मुद्दाका सबै कागजात झिकाउन सर्वोच्चको आदेश

  • 228
    SHARES
  • सन्दीप विरूद्धको मुद्दाका सबै कागजात झिकाउन सर्वोच्चको आदेश

    काठमाडौं । जबरजस्ती करणीको मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछाने विरूद्धको मुद्दाका सबै कागजात झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

    शुक्रबार न्यायाधीश हरि फुयाँलको इजलासले सन्दीपविरूद्ध दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेशसम्मका सबै कागजात (कैफियत प्रतिवेदन) झिकाउन आदेश दिएको हो ।

    गत २८ पुसमा उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उक्त आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो ।

    निवेदनअनुसार आदेश जारी भए सन्दीप मुद्दाको टुंगो नलागेसम्म थुनामै बस्नुपर्ने हुन्छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij