Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

राष्ट्रपति पायो भने एमालेलाई कसैले छुन सक्दैन : नेपाल

राष्ट्रपति पायो भने एमालेलाई कसैले छुन सक्दैन : नेपाल

  • 325
    SHARES
  • राष्ट्रपति पायो भने एमालेलाई कसैले छुन सक्दैन :  नेपाल

    काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति नेकपा (एमाले)लाई दिन नहुने तर्क गरेका छन्।  एमालेले सभामुख पाइसकेको र अब राष्ट्रपति पनि पाएमा कसैले छुन नसक्ने उनकाे तर्क छ । माओवादी नेताहरूलाई सचेत गराउँदै अध्यक्ष नेपालले भने, ‘राष्ट्रपति एमालेले पायो भने उसलाई कसैले छुन सक्दैन। यो कुरा माओवादीले बुझ्या छन् कि छैनन्?’

    एमाले नेतृत्वमा अझै पनि संकीर्ण र असहिष्णु सोच यथावत रहेको उनको आरोप थियो।  उनले राष्ट्रपतिको निर्वाचन आउन अझै बाँकी भए पनि सोचविचार गर्नुपर्ने बताए। उम्मेदवारका विषयमा पनि छलफल हुन बाँकी रहेको नेपालको भनाइ थियो।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij