वेबटिभी खबर
काठमाडौं । आज दिउँसो १ बजे राष्ट्रिसभा बैठक बस्न लागेको छ ।
बैठकमा संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन विशेष समितिका संयोजक खिमलाल देवकोटाले ‘संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन विशेष समितिको प्रतिवेदन २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभामा पेस गर्ने कार्यसूची रहेको छ । उक्त विषयमा विभिन्न राजनीतिक दलमा आवद्ध सांसदहरू आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ ।
यसैगरी शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले ‘नेपाल विश्वविद्यालय विधेयक २०७९ माथि विचार गरियोस् भन्ने विधेयक पेस गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।


Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij