वेबटिभी खबर
काठमाडौं । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)मा विद्यार्थी र प्रहरीबीच मंगलबार झडप भएको छ ।
आईओएमको विकृति सुधारको माग गर्दै विद्यार्थीले डीनकाे कार्यालयमा लगाएको ताला प्रहरीले खोलेपछि विद्यार्थी र प्रहरीबीच झडप भएको हो ।
प्रशासनले प्रहरी लगाएर ताला खोलेपछि विद्यार्थीले प्रहरीविरूद्ध नाराबाजी गरेका थिए । सोही क्रममा प्रहरी र विद्यार्थीबीच झडप भएको हो ।
प्रहरीले नाराबाजी गर्ने केही विद्यार्थीहरूलाई नियन्त्रणमा समेत लिएको छ । प्रहरीले विद्यार्थीमाथि लाठी प्रहार गरेको छ ।
होस्टेललाई व्यवस्थित गरि विकृति सुधार गर्नुपर्ने माग राख्दै विद्यार्थीहरूले डीनको कार्यालयमा ताला लगाएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij