Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

कफी उत्पादन गर्न किसानलाई अनुदान

कफी उत्पादन गर्न किसानलाई अनुदान

  • 366
    SHARES
  • कफी उत्पादन गर्न किसानलाई अनुदान

    इलाम । इलामको पश्चिमी गाउँपालिका माङ्सेबुङले कृषि उत्पादन अभिवृद्धिका लागि अनुदान दिन थालेपछि स्थानीय कृषक हर्षित भएका छन् ।

    माङ्सेबुङ वडा नं-१ का कृषक देवीप्रसाद अधिकारीले एक क्विन्टल कफी उत्पादन गर्दा पालिकाले दुई हजार अनुदान दिने गरेको बताए ।

    पछिल्लो समय कफी खेतीको पकेट क्षेत्रकारूपमा विकास भइरहेको माङ्सेबुङमा अनुदान पाउन थालेपछि परम्परागत धान, मकै, कोदो, फापर बाली लगाइरहेका किसान अब कफी खेतीमा आकर्षित भएका हुन ।

    कृषक अधिकारीले माङ्सेबुङ-१ मा घरैपिच्छे कफी खेती गरिएको जनाउँदै प्रतिक्विन्टल १० हजारका दरले पाकेका कफीका दाना गाउँमै बिक्री हुने गरेको र त्यसमा पालिकाले दुई हजार अनुदान थपिदिने गरेको जानकारी दिए ।

    माङ्सेबुङ-१ का वडाध्यक्ष भुपाल योङहाङले कृषि उत्पादन वृद्धि गर्न हौसला होस् भनेर गाउँपालिकाले दूध, दाल, बाँस, स्कुस, केरालगायतका बालीमा पनि कृषकले सोझै पाउने गरी अनुदानको व्यवस्था गरिएको बताए ।

    वडाध्यक्ष भुपालका अनुसार किसानले कालो र पहेँलो दालमा प्रतिकेजी एक सय, दूध प्रतिलिटर दुई, माली बाँस प्रतिझ्याङ एक सय, स्कुस प्रतिझ्याङ एक हजार र केरा प्रतिझ्याङ एक सय अनुदान पाउने गरेका छन् ।

    गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटमा कृषि उत्पादनमा अनुदान दिनका लागि १६ लाख रकम छुट्याएको उनले जानकारी दिए ।

    ‘इलामको दुर्गम क्षेत्र भएकाले यहाँ बाटोघाटो र अरु पूर्वाधारको त्यति राम्रो विकास भइसकेको छैन’, वडाध्यक्ष योङहाङ भने, ‘किसानले फलाएको बालीले उचित बजार नपाउँदा झन् समस्या हुने भएकाले पालिकाले अनुदान दिएर भए पनि किसानलाई प्रोत्साहित गर्ने नीति लिएको हो ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij