वेबटिभी खबर
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक डाकेका छन् ।
कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण, प्रदेशसभाको अधिवेशन र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल गर्न मुख्यमन्त्री पौडेलले बिहीबार अपरान्ह पाँच बजे बस्ने गरी बैठक डाकेका हुन् ।
बैठक ललितपुर जावलाखेलस्थित प्रदेश सुशासन केन्द्रको भवनमा बस्ने एमाले बागमतीले जानकारी दिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij