Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

विमान दुर्घटनाप्रति संसद्ले विशेष प्रस्ताव पारित गर्ने

विमान दुर्घटनाप्रति संसद्ले विशेष प्रस्ताव पारित गर्ने

  • 298
    SHARES
  • विमान दुर्घटनाप्रति संसद्ले विशेष प्रस्ताव पारित गर्ने

    काठमाडौं । प्रतिनिधिसभाले पोखरामा भएको विमान दुर्घटनाका विषयमा विशेष प्रस्ताव पारित गर्ने भएको छ ।

    प्रतिनिधिसभाको जारी बैठकमा बोल्ने सबै सांसदहरुले १ माघमा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबारे आ-आफ्नो धारणा राखेका छन् ।

    सोही क्रममा बैठकमा बिहीबार नै प्रतिनिधिसभाले पोखरा विमान दुर्घटनाका विषयमा विशेष प्रस्ताव पारित गर्ने जानकारी गराइएको हो ।

    १ माघमा काठमाडौंबाट पोखरा उडेको चालक दलका चार सदस्यसहित ७२ जना सवार यती एयरलाइन्सको विमान दुर्घटनामा परेको थियो ।
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij