Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

विमान दुर्घटनाका सम्बन्धमा ‘रुलिङ’ गर्न कांग्रेसको माग

विमान दुर्घटनाका सम्बन्धमा ‘रुलिङ’ गर्न कांग्रेसको माग

  • 306
    SHARES
  • विमान दुर्घटनाका सम्बन्धमा ‘रुलिङ’ गर्न कांग्रेसको माग

    काठमाडौं । नेपाली कांग्रेसले आइतबार पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाका सम्बन्धमा ‘रुलिङ’ गर्न सरकारसँग माग गरेको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकको प्रारम्भमै समय माग गर्दै सभामुखमार्फत सो माग गरेका हुन् ।

    उनले मुलुकमा ठूलो पीडा भएको यस घटनाका सम्बन्धमा सरकारका तर्फबाट उक्त विषयमा भनाइ प्रस्तुत हुने अपेक्षा गरे ।

    नेता लेखकले बैठकको कार्यसूची पछि सारेर भए पनि विमान दुर्घटनाका सम्बन्धमा सरकारको धारणाबारेमा माग गरेका छन् ।

    सदनप्रति सरकार उदासिन रहन नसक्ने जनाउँदै उनले सभामुखमार्फत रूलिङ गर्न आग्रह गरेका हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij