वेबटिभी खबर
काठमाडौं । कर्णाली प्रदेशसभा उपसभामुख नेकपा माओवादी केन्द्रकी यशोदा न्यौपाने निर्वाचित भएकी छन् ।
बुधबार भएको उपसभामुख निर्वाचनमा न्यौपाने २४ मतसहित उपसभामुखमा निर्वाचित भएकी हुन् ।
उनलाई नेकपा एमालेका ९ जना सहित, माओवादी केन्द्रका १३, राप्रपाका १ र नेकपा (एस)का एकजना सांसदले मत दिएका छन् ।
उपसभामुख पदका लागि नेपाली कांग्रेसबाट इन्द्राकुमारी शाही उम्मेदवार थिइन् । उनलाई कांग्रेसका १४ जना सांसदले मत दिएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij