Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

उपसभामुखमा कांग्रेस नेतृ इन्द्राकुमारी शाही पराजित

उपसभामुखमा कांग्रेस नेतृ इन्द्राकुमारी शाही पराजित

  • 384
    SHARES
  • उपसभामुखमा कांग्रेस नेतृ इन्द्राकुमारी शाही पराजित

    सुर्खेत । कर्णाली प्रदेशसभाको बुधबार भएको उपसभामुख पदको निर्वाचनमा नेपाली कांग्रेसकी नेतृ इन्द्राकुमारी शाही पराजित भएकी छिन् ।

    ४० प्रदेशसभा सदस्य रहेको कर्णाली प्रदेशसभामा आज भएको मत विभाजन प्रक्रियामा ३८ प्रदेशसभा सदस्य सहभागी थिए ।

    ती प्रदेशसभा सदस्यमध्ये शाहीको पक्षमा १४ र विपक्षमा २४ मत खसेको हो । यो मतसँगै सभामुख नन्दा गुरुङले प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा गरेकी हुन् ।

    उनी निर्वाचित हुनका लागि प्रदेशसभा सदस्य संख्याको बहुमत अर्थात २१ मत चाहिन्थ्यो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij