Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

शून्यमा झर्‍यो दिल्लीमा कोरोना संक्रमण

शून्यमा झर्‍यो दिल्लीमा कोरोना संक्रमण

  • 316
    SHARES
  • शून्यमा झर्‍यो दिल्लीमा कोरोना संक्रमण

    नयाँ दिल्ली । पछिल्लो २४ घण्टामा राष्ट्रिय राजधानी नयाँ दिल्लीमा कोभिड–१९ का कुनै नयाँ बिरामीकाे अभिलेख भएको छैन ।

    सन् २०२० को मार्चमा महामारी सुरु भएदेखि यहाँ संक्रमण शून्यमा झरेको पहिलो पटक हो ।

    दिल्ली स्वास्थ्य विभागले जारी गरेको स्वास्थय बुलेटिनअनुसार कोभिड–१९ पाजेटिभ दर ०.०० प्रतिशत रहेको तथा बितेका २४ घण्टामा संक्रमित नभेटिए पनि शहरमा सक्रिय बिरामी १० जना छन् ।

    सोही अवधिमा नौ जना कोभिडका बिरामी स्वास्थ्य लाभ गरेर घर फर्केका तथा देशभर उक्त संख्या १९ लाख ८० हजार सात सय ८१ पुगेको छ ।

    चार करोड छ लाख ५० हजार एक सय १९ जनाले परीक्षण गराएका छन् ।

    देशभर जारी खोप अभियान प्रभावकरी रहेको जनाउँदै विभागले १५ जनालाई पहिलो डोज, ३२ जनालाई दोस्रो र १०३ जनालाई सावधानीको डोज लगाइएको छ ।

    हालसम्म तीन करोड ७३ लाख ७० हजार छ सय ६३६ जनाले खोप लगाइसकेका छन् । नयाँ दिल्लीमा फैलिएका कोभिडका तीन लहरमध्ये सन् २०२१ को अप्रिल–मेको दोस्रो लहर सबैभन्दा घातक थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij