Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

विमान दुर्घटना : ३२ जनाको शव निकालियो, उद्धार कार्य जारी

विमान दुर्घटना : ३२ जनाको शव निकालियो, उद्धार कार्य जारी

  • 314
    SHARES
  • विमान दुर्घटना : ३२ जनाको शव निकालियो, उद्धार कार्य जारी

    काठमाडौं । पोखरामा आज बिहान  दुर्घटना भएको विमानको उद्धार गर्ने क्रममा ३२ जना यात्रुको शव निकालिएको छ । सेती नदीको खोँचमा दुर्घटना भएकाले उद्धार कार्य जटिल भएको सम्बन्धित अधिकारीले जनाएका छन् ।

    उद्धारका लागि सुरक्षाकर्मीहरू परिचालन भइरहेको र विमानमा लागेको आगो पनि निभाउने काम भइरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए ।

    यती एयरलाइन्सको कलसाइन ९एन-एएनसी एटीआर-७२ विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि दुर्घटना भएको थियो । प्राधिकरणका अनुसार आठ जना विदेशी नागरिक र ६० जना नेपाली नागरिक थिए । जसमा ६२ जना वयस्क, तीन जना बालबालिका, तीन जना असक्त भएका व्यक्ति सवार थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij