Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

हुम्लामा पहिलो पटक गोल्डकप प्रतियोगिता हुँदै

हुम्लामा पहिलो पटक गोल्डकप प्रतियोगिता हुँदै

  • 481
    SHARES
  • हुम्लामा पहिलो पटक गोल्डकप प्रतियोगिता हुँदै

    हुम्ला । हिमाली जिल्ला हुम्लामा पहिलो ‘हुम्ला गोल्डकप’ फुटबल प्रतियाेगिता हुने भएको छ । हुम्ला फुटबल एकेडेमीले आगामी वि.सं २०८० वैशाख १५ गतेदेखि जिल्लास्तरीय गोल्डकप आयोजना गर्ने भएको हो ।

    जिल्लामा हालसम्मकै सर्वाधिक पुरस्कार राशीको सो प्रतियोगितामा सातवटै गाउँपालिकाका टिम र जिल्लामा दर्ता भएर क्रियाशील रहेका क्लबले भाग लिन पाउने एकेडेमीका अध्यक्ष विष्णु रावतले जानकारी दिए ।

    गोल्डकप विजेताले १ लाख ५० हजार नगद र ट्रफी पाउनेछन् भने द्वितीय हुनेले १ लाख नगद पाउनेछन् । त्यस्तै तृतीय हुने टिमले ७५ हजार पाउने छन् । लिग चरण खेलाइने प्रतियोगितामा प्रत्येक खेलमा एक जना म्यान अफ द म्याच पनि घोषित गरिने अध्यक्ष रावतले बताए ।

    हुम्ला गोल्डकप अब प्रत्येक वर्ष सञ्चालन हुने पनि उनको भनाइ छ । गोल्ड कपका लागि एकेडेमीले फुटबल ग्राउण्डलाई व्यवस्थित गर्ने कार्य माघ महिनामा गर्ने जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij