Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

प्रधानमन्त्री प्रचण्ड र  गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र  गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता

  • 474
    SHARES
  • प्रधानमन्त्री प्रचण्ड र  गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता

    काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र गण्डकी प्रदेशका नववियुक्त मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान प्रचण्ड र अधिकारीबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    भेटका क्रममा आपसमा बधाई साटासाट हुनुका साथै गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार लगायतबारे विषयमा छलफल भएको सचिवालयले जनाएको छ। 

    गण्डकीमा सत्ता भागबण्डाका क्रममा नेकपा एमालेलाई मुख्यमन्त्री परेको थियो। पुस २५ गते अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij