वेबटिभी खबर
काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपप्रधानसहित ४ मन्त्रालय दिन सत्ता साझेदार दलसँग माग गरेको छ ।
आज विहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा अध्यक्ष लिङ्देनले सो माग गरेका हुन् ।
राप्रपाले पुस २७ गते पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्नेलगायत सर्त पनि राखेको छ । उक्त दिन बिदा दिनुपर्ने माग सरकारले न्यूनतम साझा कार्यक्रममै समावेश गर्नुपर्ने माग राप्रपाको छ ।
प्रधानमन्त्री प्रचण्डले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । गत पुस १० मा ७ दल र केही स्वतन्त्र गरी १६९ जना सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij