वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भागबन्डाका लागि मन्त्रालय नफुटाउन सरकारलाई सचेत गराएका छन् ।
बुधबार साँझ बालुवाटार बसेको बैठकमा उनले सचेत गराएका हुन् । उनले भने, ‘कोही कसैलाई भाग पुर्याउन मन्त्रालय नफुटाउनुहोस् भनेर प्रधानमन्त्रीलाई भनेका छौं ।’
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना तीन सरोकार न्यूनतम साझा कार्यक्रममा पर्छन् कि पर्दैनन् भनेर पनि सोधेका थिए ।
राप्रपाले पुस २७ लाई राष्ट्रिय एकता दिवस मानिनुपर्ने, विकास सुशासनसँग सम्बन्धित प्रश्नबारे चित्तबुझ्दो जवाफ दिनुपर्ने, जनतालाई सेवा प्रवाह बलियो बनाउनुपर्ने शर्त राखेर यो सरकारलाई समर्थन दिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij