Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

सांसद माया राई र प्रेम आलेले लिए शपथ

सांसद माया राई र प्रेम आलेले लिए शपथ

  • 418
    SHARES
  • सांसद माया राई र प्रेम आलेले लिए शपथ

    काठमाडौं । प्रतिनिधिसभा सांसद माया राई र प्रेम आलेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    मंगलबार संघीय संसद् सचिवालय सिंहदरबारमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले दुवैलाई शपथ गराएका हुन् ।

    गत ७ पुसमा भएको शपथ कार्यक्रममा राई र आले उपस्थित भएका थिएनन् । राई सुत्केरी भएर अस्पतालमा थिइन् ।

    आले भने आमाको निधन भएकाले शपथ समारोहमा उपस्थित हुन सकेका थिएनन् ।

    राईलाई नेपाली कांग्रेसले समानुपातिकबाट र आले डोटीबाट प्रत्यक्षतर्फ निर्वाचित एकीकृत समाजवादीका सांसद हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij