वेबटिभी खबर
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बधाई तथा शुभकामना दिएका छन् ।
मंगलबार सिंहदरवारस्थित गृहमन्त्रालयमा पुगेर घिसिङले लामिछानेलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।
सञ्चार क्षेत्र छाडेर केही महिनाअघि राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्दै लामिछाने गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका थिए ।
उक्त निर्वाचनमा ७ प्रत्यक्ष र १३ समानुपातिकबाट गरि २० सिट जितेर सांसदको चौथो शक्तिको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ ।
सो पार्टीका सभापतिसमेत रहेका लामिछाने उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारीसहित पुष्पकमल दाहाल ‘प्रचण्ड नेतृत्वको सरकारमा सहभागी छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij