Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

कोभिड-१९ अध्यादेश पालना नगरे पाँच लाखसम्म जरिवाना

कोभिड-१९ अध्यादेश पालना नगरे पाँच लाखसम्म जरिवाना

  • 602
    SHARES
  • कोभिड-१९ अध्यादेश पालना नगरे पाँच लाखसम्म जरिवाना

    काठमाडौं । हालै जारी भएको कोभिड-१९ संकट व्यवस्थापन अध्यादेशको पालना नगर्नेलाई एक वर्षसम्मको कैद वा पाँचलाखसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने भएको छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार सूचना जारी गर्दै निषेधाज्ञाको पालना नगर्ने र अध्यादेश उल्लंघन गर्नेलाई जरिवाना र सजाय हुनसक्ने जानकारी गराएको हो ।

    अध्यादेश बमोजिम मापदण्ड पालना गर्नुपर्ने र पालना नगरेमा ६ महिनासम्म कैद वा तीनलाख रुपैयाँ वा दुवै सजाय हुनसक्ने समेत जनाइएको छ ।

    अध्यादेश बमोजिम आदेश पालना गर्नुपर्ने र नगरेमा एक लाख रुपैयाँसम्म र कुनै संस्थाले उल्लंघन गरेमा पाँच लाख रुपैयाँसम्म प्रमुख जिल्ला अधिकारीबाट तत्काल जरिवाना हुन सक्ने समेत सूचनामा भनिएको छ । 

    मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकै पिच्छे सय रुपैयाँ, बिना काम बाहिर निस्किए पटकै पिच्छे २ सय रुपैयाँ, अत्यावश्यक बाहेकका सवारी साधन चलाएमा दुई पांग्रे सवारी साधन भए पटकैपिच्छे २ हजार रुपैयाँ, अन्य सवारी साधन भए पटकैपिच्छे ५ हजार रुपैयाँ जरिवाना गर्ने उल्लेख छ ।

    त्यस्ता सवारी साधनलाई सुरक्षाकर्मीले होल्ड गर्न सक्ने समेत जनाइएको छ । अध्यादेशको उल्लंघन गर्ने व्यक्ति वा संस्थालाई सजायको अतिरिक्त प्रमुख जिल्ला अधिकारीले ६ महिना सम्म बन्द गर्न आदेश दिन सक्ने समेत जनाइएको छ ।

    गत शनिबार अध्यादेशलाई कडाइका साथ कार्यान्वयन गर्न गृह मन्त्रालयले जिल्ला प्रशासनहरुलाई परिपत्र गरेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij