वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन् ।
मंगलबार बसेको संसदीय दलको बैठकले लिङ्देनलाई सर्वसम्मत रुपमा नेता चयन गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए ।
प्रतिनिधिसभामा राप्रपाका ७ जना प्रत्यक्ष र ७ जना समानुपातिक पद्धतिबाट निर्वाचित १४ जना सांसद् रहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij