काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले स्वकीय सचिव विरु तामाङलाई पदबाट हटाएका छन् ।
आफ्नो निजी सचिवालयमा रहेर हाल अलग समूहमा रहेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वर्षमान पुन ‘अनन्त’ लाई सूचना चुहाएको भन्दै बादलले तामाङलाई हटाएका हुन् ।
पूर्वमाओवादी लडाकूसमेत रहेका तामाङ गृहमन्त्री बादलको सचिवालयमा अधिकृतस्तरको नियुक्तिमा उनी सुरुवाती समयदेखि नै सक्रिय थिए ।
‘हामीसँग रहेर उहाँले द्वेसपूर्ण विचार राख्दै हिँड्न थाल्नुभयो । मन्त्रीज्यूका विपक्षीहरुसँग उहाँको हिमचिम रहेको थाहा पाएपछि मन्त्रीज्यूले स्वकीय सचिवबाट हटाउनु भएको हो,’ बादलको निजी सचिवालयका एक सदस्यले भने ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij