Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

आजकाे माैसम : पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना

आजकाे माैसम : पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना

  • 285
    SHARES
  • आजकाे माैसम : पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौं । आज देशभर वबहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मुलुकका पहाडी भेगका केही क्षेत्रमा वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना  छ ।

    दिउँसो प्रदेश १ का पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १,  बागमती र गण्डकीका उच्च पहाडी भूभागका एक-दुई स्थानमा हल्का हिमपातको पनि आकलन महाशाखाले गरेको छ ।

    राति प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

    बुधबार प्रदेश १ मा आंशिकदेखि सामान्य  बदली हुनेछ भने बागमती र गण्डकीमा आंशिक बदलीको सम्भावना छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij