Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

भारतमा अझै पनि आधा जनसंख्याले मास्क लगाउँदैनन्

भारतमा अझै पनि आधा जनसंख्याले मास्क लगाउँदैनन्

  • 701
    SHARES
  • भारतमा अझै पनि आधा जनसंख्याले मास्क लगाउँदैनन्

    नयाँ दिल्ली । भारतमा अहिले पनि झण्डै ५० प्रतिशत मानिसले मास्क नलगाउने गरेको एक अध्ययनले देखाएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार एक अध्ययनले अझै पनि ५० प्रतिशत मानिसले मास्क लगाउँदैनन् । 

    राजधानी नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव लभ अग्रवालले अध्ययनअनुसार ५० प्रतिशतले मास्क नलगाउने, मास्क लगाउनेमध्ये ६४ प्रतिशतले पर्याप्तरूपमा नाक नछोप्ने गरेको पाइएको समेत जानकारी दिए । 

    स्वास्थ्य मन्त्रालयले भारतमा २५ सहरमा गरेकाे अध्ययनले जम्मा १४ प्रतिशत जनसंख्याले मात्र उचित तरिकाले मास्क लगाउने गरेकाे देखाएकाे छ ।

    देशका नौ राज्यमा अहिले पनि ५० हजारदेखि एक लाख र अरु १९ राज्यमा भने ५० हजारभन्दा कम सक्रिय संक्रमित रहेका छन् । कुनै एक व्यक्तिले सामाजिक दुरी कायम गरेन भने औसतमा एक महिनामा ४०६ जनालाई संक्रमित गराउन सक्ने देखिएको अग्रवालले बताए ।   

    अध्ययनका आधारमा पनि उनले सामाजिक दुरी कायम गर्न र मास्क लगाउन अति आवश्यक रहेकोमा जोड दिए । भारतमा केही सातायता संक्रमणदर घटेपनि मृत्यु हुनेको संख्यामा कमी आउन सकेको छैन । भारतमा कोरोना भाइरसको संक्रमणबाट २ लाख ९१ हजार ३३१ जनाको मृत्यु भइसकेको छ । 

    भारतमा अझै पनि ३० लाख सक्रिय संक्रमण छ । भारतमा कोभिड देखिएयता दुई करोड ६० लाख ३१ हजार नौ सय ९१ जना कुल संक्रमित भेटिएका र त्यसमध्ये दुई करोड २७ लाख १२ हजार सात सय ३५ जना संक्रमणमुक्त भएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij