वेबटिभी खबर
ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा अब मेट्रो रेलको विकल्प नरहेको बताएका छन् ।
शनिबार ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको कार्यक्रममा बोल्दै मेयर महर्जनले यस्तो दाबी गरेका हुन् । मेट्रो रेल धेरै महंगो छ भनेर पछि हट्न नहुने भन्दै उनले भने ‘अब पनि मोटरसाइकलको बिक्री बढाएर उपत्यकामा ट्राफिक जाम बढाउनु भन्दा मेट्रो रेल सञ्चालनका लागि आवश्यक तयारी थाल्नु उपयुक्त हुन्छ ।’
मेट्रो रेलको विकल्प मोेटरसाइकल किमार्थ हुन नसक्ने दाबी गर्दै उनले महंगो भयो भनेर मेट्रोको योजना नबनाउनु उचित नहुने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij