वेबटिभी खबर
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफूलाई प्रधानमन्त्री बन्न कतैबाट प्रस्ताव नआएको बताएका छन् ।
शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बाहिर चर्चा भए पनि आफूलाई कुनै प्रस्ताव नआएको बताएका हुन् ।
‘म सुरुदेखि नै प्रष्ट छु, परिस्थितिजन्य कुरामा मेरो कुनै इच्छा र आकांक्षा छैन,’ ठाकुरले भने । वैकल्पिक सरकार गठन गर्दै ठाकुरलाई प्रधानमन्त्री बनाउने चर्चा चले पनि त्यो कुनै परिपक्व निर्णय नभएको पनि उनले बताए ।
जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका नेताहरु, नेपाली कांग्रेस र माओवादी केन्द्रले पनि प्रधानमन्त्रीका रुपमा ठाकुरलाई अघि सारेका छन् तर ठाकुरले भने त्यसका आफ्नो कुनै आंकाक्षा नभएको स्पष्ट पारेका छन् ।
‘वर्तमान सरकारले पनि हाम्रो माग पुरा गरिरहेको छ अदालतमा विचाराधीन मुद्दाहरुमा पनि छलफल भइरहेको छ । जे हुन्छ, कानुन, विधि अनुसार नै हुन्छ,’ उनले भने ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij