वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका नेता डा.विजय पौडेलले राष्ट्रपति र प्रधानमन्त्रीलाई देश भड्खालोमा नहाल्न आग्रह गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कडा आलोचना गरेका छन् ।
प्रधानमन्त्री ओलीले राजीनामा नदिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति विज्ञप्ति निकाली संविधानको धारा ७६ (५ं) अनुसार नयाँ सरकार गठन गर्न भन्दै दलहरूलाई आज शुक्रबार अपराह्न ५ बजेसम्मको समय दिएकी छन् ।
यो संसद् विघटन गर्ने चालबाजी भएको आशंका उनीहरूको छ । यसै सन्दर्भमा माधव नेपाल खेमाका एमाले नेता डा.पौडेलले सामाजिक सञ्जालमार्फत राष्ट्रपति र प्रधानमन्त्रीलाई देश भड्खालोमा नहाल्नुस् भनेर आग्रह गरेका हुन् ।
‘संविधानमाथि साह्रै धेरै अत्याचार भयो सम्माननीय राष्ट्रपति र प्रधानमन्त्री महोदय ! यसरी देशलाई भड्खालोमा नहाल्नुस्,’ डा.पौडेलले लेखेका छन् ।
यसैका जवाफमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले डा.पौडेललाई धेरै पढेर पनि मति उल्टो गरेको भन्दै आलोचना गरेका हुन् ।
‘पढेरै डा.भएको त हो, थाहा छ, तर व्यवहार उल्टो मतिको किन भएको हो,’ थापाले डा.पौडेललाई जवाफ दिएका छन्, ‘प्रचण्डको आरती धेरै उतारिएन ?’
पढेरै डा. भएकाे त हाे, थाहा छ, तर व्यवहार उल्टाे मतिकाे किन भएको हाे ?
— Surya Thapa (@ThapajiSurya) May 20, 2021
प्रचण्डकाे आरती धेरै उतारिएन ? https://t.co/zWeHDzE3RM
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij