Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

यी दुई गाँउपालिकाले एकल पुरुषलाई भत्ता दिने

यी दुई गाँउपालिकाले एकल पुरुषलाई भत्ता दिने

  • 460
    SHARES
  • यी दुई गाँउपालिकाले एकल पुरुषलाई भत्ता दिने

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु र इन्द्रावती गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन भएको छ । इन्द्रावती गाउँपालिकाले ६५ वर्ष उमेर पुगेका एकल पुरुषलाई मासिक पाँच सय भत्ता दिने भएको हो ।

    गाउँपालिकाको आव २०७९/८० को नीति तथा कार्यक्रम समावेश गरी एकल पुरुषलाई भत्ता दिन सुरू गरिएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिए । शर्माका अनुसार एकल पुरुष दर्ताका लागि सूचना जारी गरिसकिएको छ ।

    हेलम्बु गाउँपालिकाको अध्यक्ष निमा ग्याल्जेन शेर्पाले एकल महिलासँगै पुरुषको अवस्था दुःख लाग्दो देखिएपछि पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिएको बताए । हेलम्बु गाउँपालिकाले एकजनालाई पाँच सय दिने व्यवस्था गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij