Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

एचआइभी संक्रमित आमाबाट स्वस्थ बच्चाको जन्म

एचआइभी संक्रमित आमाबाट स्वस्थ बच्चाको जन्म

  • 419
    SHARES
  • एचआइभी संक्रमित आमाबाट स्वस्थ बच्चाको जन्म

    चितवन । भरतपुर अस्पतालमा विगत १० महिनामा ६ जना एचआइभी संक्रमितत आमाले स्वस्थ बच्चालाई जन्म दिएका छन् । नियमित औषधि सेवन गर्ने र सुरक्षित प्रसूति सेवा लिने एचआइभी संक्रमितत गर्भवतीबाट स्वस्थ बच्चा जन्मिएको अस्पतालले बताएको छ ।

    नियमित औषधि सेवन गरिरहेका महिलाले सुरक्षित प्रसूति सेवा लिने र दूध खुवाउँदा विशेष ध्यान दिनसकेमा सङ्क्रमण नहुने चिकित्सकको भनाइ छ । भरतपुर अस्पतालका प्रसूति विभाग प्रमुख डा.सुनिलमणि पोखरेलले शल्यक्रियामार्फत् जन्माइएका बच्चामा रोग सर्ने सम्भावना निकै कम भएको बताए ।

    औषधि खाइरहेका आमाबाट बच्चामा रोग सर्ने सम्भावना अन्यको तुलनामा ९० प्रतिशत कम हुने उनको दाबी छ । तर लामो व्यथा लागेर जन्मिएका बच्चामा रोग सर्ने सम्भावना बढी हुने उनको अनुभव छ ।

    एड्स हेल्थ केयर फाउण्डेसन (एएचएफ) नेपालद्वारा भरतपुर अस्पतालमा सञ्चालित एन्टी रेक्ट्रो भाइरल थेरापी (एआटी) सेन्टरका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार सेन्टरमा पछिल्लो १० महिनामा १३ हजार ८८ गर्भवतीको एचआइभी परीक्षण गरिएको छ । जसमध्ये दुई जनामा सङ्क्रमण देखिएको थियो ।

    सेन्टरमा चितवनसहित ११ जिल्लाका एचआइभी संक्रमितत औषधि लिन आउने गरेका छन् । तनहुँ, गोरखा, लमजुङ, धादिङ, मकवानपुर, नवलपुर, नवलपरासी, बारा, पर्सा र धादिङका संक्रमिततले चितवनबाट औषधिसहितको उपचार लिँदै आएका छन् ।

    विशिष्ट खालको शल्यक्रिया, सुत्केरी र एमआरआइलगायतका उपचार सेवाका लागि यहाँ आउने गरेका छन् । 
     
    सापकोटाका अनुसार हाल एक हजार एक सय चार जना संक्रमिततले औषधि सेवन गरिरहेका छन् । जसमध्ये ४५ जना बालबालिका छन् । औषधि खानेमा ४५ दिनको शिशुदेखि ८५ वर्षका वृद्धसमेत छन् ।

    नियमित औषधि सेवन गर्नेको स्वास्थ्य राम्रो भएको उहाँको भनाइ छ । औषधि खाइरहेका संक्रमिततमध्ये ९७ दशमलव ६० प्रतिशतको सङ्क्रमण नसर्ने अवस्थामा पुगेको छ ।

    एक हजार कपीभन्दा कम भइरसको सङ्ख्या भएका बिरामीबाट एचआइभी एड्स नसर्ने उनले जानकारी दिए । सन् २०२२ को जनवरीदेखि हालसम्म जिल्लामा २७ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको छ ।

    समूदायमा परीक्षण गरिएका एक सय २४ मध्ये दुई जना र एआरटी सेन्टरमा परीक्षण गरिएका एक सय ११ जनामध्ये २५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    यस वर्ष एक सय १६ जना नयाँ संक्रमिततले एन्टी रेक्ट्रो भाइरल थेरापी (एआरटी) औषधि सुरु गरेका छन् । संक्रमिततले दैनिक एक ट्याबलेट औषधि लिनुपर्ने हुन्छ । सेन्टरले एक पटकमा अवस्था हेरी एक महिनादेखि तीन महिनासम्मका लागि औषधि दिने गरेको छ ।

    जिल्लामा रहेका संक्रमितत महिलामध्ये ३९ को पाठेघरको क्यान्सर परीक्षण गरिएको छ । संक्रमिततमध्ये ८६ प्रतिशतलाई निःशुल्क स्वास्थ्य बिमामा सहभागी गराइएको हो ।

    संक्रमिततमध्ये सबैभन्दा बढी कामको खोजीमा भारत जाने महिला र पुरुष छन् । यसैगरी यौन व्यवसायी र तिनका ग्राहक, तेस्रोलिंगी, यौनिक अल्पसङ्ख्यक, लागूऔषध प्रयोगकर्तामा पनि सङ्क्रमण देखिने गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij