वेबटिभी खबर
रूपन्देही । कपिलवस्तुको मायादेवी गाउँपालिका-४ चाकरचौडामा भारतीय नागरिकमाथि गोली प्रहार भएको छ ।
भारत सिद्धार्थनगर जिल्लाको अलिगढवाका ३५ वर्षीय ईरशाद खानमाथि दुई राउन्ड गोली प्रहार भएको हो ।
चाकरचौडा बजारको एक होटलमा रहेका भारतीय नागरिक खानमाथि काँध र कम्मरमा गोली लागेको कपिलवस्तु प्रहरीले जनाएको छ ।
गोली लागेर घाइते भएका उनलाई उपचारको लागि भारतको गोरखपुर मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij