Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

मेलम्ची खानेपानी आयोजनाको समस्या समाधान गर्ने कांग्रेस नेता सिंहको प्रतिबद्धता

मेलम्ची खानेपानी आयोजनाको समस्या समाधान गर्ने कांग्रेस नेता सिंहको प्रतिबद्धता

  • 356
    SHARES
  • मेलम्ची खानेपानी आयोजनाको समस्या समाधान गर्ने कांग्रेस नेता सिंहको प्रतिबद्धता

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले डेढ वर्षअघिको बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

    मेलम्चीको आयोजनास्थल सिन्धुपाल्चोक पुगेका सिंहले कांग्रेसकै नेतृत्वको सरकार रहेकाले यसलाई गति दिएर काठमाडौंमा पानी लैजानुपर्ने बताए ।

    ‘परियोजनालाई चाँडोभन्दा चाँडो टुंगोमा पुर्याउन निरन्तर चासो दिन्छौँ। यहाँको स्थलगत निरीक्षण गरिसकेपछि जुन तस्बिर हामीले सोचेका थियौँ, त्यो भन्दा फरक पाएँ,’ उनले भने । 

    उनले चुनावका बेला जहिले पनि काठमाडौंबासीले पानी कहिले खुवाउँछौँ भनेर सोध्ने गरेको बताए ।
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij