वेबटिभी खबर
घानाले कतारमा जारी विश्वकप फुटबलमा एसियाली राष्ट्र दक्षिण कोरियालाई पराजित गरेको छ । सोमबार (आज) राति भएको खेलमा घानाले दक्षिण कोरियालाई ३–२ गोलले पराजित गरेको हो ।
घानाको जितमा मोहम्मद कुडुसले दुई गोल गर्दा मोहम्मद सालिसुले एक गोल गरे । यता, दक्षिण कोरियाका लागि चो गुइ सुङले दुई गोल गरे ।
समूह ‘एच’ मा रहेको घानाले उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपमा पहिलो जित निकालेको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij