वेबटिभी खबर
काठमाडौं । कोरोना संक्रमणका कारण बिरामी बढेर अस्पतालमा स्वास्थ्य सामग्री अभाव भएपछि युवा व्यवसायी एवम् सामाजिक अभियन्ता मनिषराज पाण्डेले मेलम्ची नगरपालिकालाई स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।
नगरपालिकाका मेयर डम्बर अर्याल र उपमेयर भगवती नेपाललाई उनले बुधबार कोरोनाबाट जोगिनका लागि आवश्यक पिपिइसेट, मास्क र स्यानिटाइजर हस्तान्तरण गरेका हुन् ।
पाण्डेले आफ्नो व्यक्तिगत खर्चमा ३५ हजार मास्क, १ सय लिटर स्यानिटाइजर र २५ थान पिपिइ सेट उपलब्ध गराएका छन् ।
नगरपालिकाका ११ वटै वडाका नागरिकका लागि नगरपाकिलाले सो स्वास्थ्य सामग्री वितरण गर्नेछ ।
पछिल्लो समय मेलम्ची नगरपालिकामा पनि कोरोना संक्रमितको दर थपिइरहेका बेला प्राप्त स्वास्थ्य सामग्रीले कोरोनाविरुद्धको लडाइँमा मद्दत पुग्ने नगरपालिकाले जनाएको छ ।
युवा सामाजिक अभियन्ता पाण्डेले कोभिड संक्रमण बढ्दै जानु चिन्ताको विषय भएको भन्दै सहयोगको अभियान जारी राख्ने बताएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij