वेबटिभी खबर
काठमाडौं । देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएको छ ।
राति भने देशभर मौसम सामान्यतया सफा रहनेछ ।
शुक्रबार पहाडी भेगमा आंशिक बदलीको सम्भावना छ ।
पछिल्लो समयमा तापक्रम भने घट्दै गएकोले महाशाखाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij