Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

शिवम् सिमेन्टद्वारा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सामग्री प्रदान

शिवम् सिमेन्टद्वारा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सामग्री प्रदान

  • 691
    SHARES
  • शिवम् सिमेन्टद्वारा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई  स्वास्थ्य सामग्री प्रदान

    काठमाडौं । शिवम् सिमेन्टले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पताललाई १ सय ९० थान अक्सिजन सिलिन्डरसहित विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । 

    कम्पनीले कोरोना संक्रमितको उपचारमा सहयोग पुग्ने उद्देश्यले प्रतिष्ठानलाई स्वास्थ्य सामग्री स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । 

    हेटौंडा उपमहानगरपालिको हटियामा अवस्थित प्रतिष्ठानलाई १ सय २० थान भरिएका तथा ७० थान खालीसमेत गरी १ सय ९० थान सिलिन्डर, ३० थान मेडिकल बेड, पाँच थान सीसीयू बेड र बेडमा जडान गरिने मेडिकल मोनिटरहरु प्रदान गरेको हो ।

    आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको कम्पनीले बताएको छ ।

    यस अगाडि पनि कम्पनीले यस किसिमको महामारी, दैविप्रकोप, राहत सामग्रीहरु, स्वास्थ्य सामग्री, एम्बुलेन्स हस्तान्तरणसहित विभिन्न कार्यहरुमा आफ्नो सामाजिक संस्थागतदायित्व निर्वाह गर्दै आइरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij