वेबटिभी खबर
बाजुरा । बाजुरामा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ । प्रहरीका अनुसार बुढीनन्द नगरपालिका वडानम्बर–५ नन्देश्वरीमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो ।
दुई पार्टीका कार्यकर्ताबीच झडप भएपछि मतदान स्थगित भएको बाजुरा प्रहरीले बताएको छ । बिहान पौने ९ बजे झडप भएको बाजुरा प्रहरीले जनाएको छ ।
जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि राजन पाण्डे र टेकबहादुर बढुवाल स्वतन्त्र, एमालेबाट कर्णबहादुर थापा, नेपाली कांग्रेसबाट बद्रीप्रसाद पाण्डे, राप्रपाबाट जंगकुमार गिरी र जनता समाजवादी पार्टीबाट रामबहादुर शाही उम्मेदवार छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij