वेबटिभी खबर
सर्लाही । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन केही दिन मात्रै बाँकी रहँदा नेकपा एमाले सर्लाही क्षेत्र नम्बर ३ का दुई सय जना स्थानीय नेता तथा कार्यकर्ता बुधबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
बाग्मती नगरपालिका वडा नं.१२ काजीराम टोलका सबै एमाले नेता तथा कार्यकर्तासहित शुभेच्छुहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनीहरू सबैलाई माओवादी केन्द्रकी केन्द्रीय सदस्य माया बलले पार्टीमा स्वागत गरिन् ।
‘नेकपा एमाले काजीराम टोलका दुई सय जनाभन्दा बढी नेता तथा कार्यकर्ता आज बुधबार नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ,’ वडा नम्बर १२ का वडा अध्यक्ष ओम श्रेष्ठले वेबटिभी खबरलाई जानकारी दिए ।
नेकपा एमालेभित्र व्यक्तिवाद मौलाएको, अहंकार र मनपरीतन्त्र बढेर पार्टी परित्याग गरेको माओवादी केन्द्रमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरूले बताए ।


Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij