Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

राष्ट्र बैंकले १४ अर्ब बराबरको ट्रेजरी विल बिक्री गर्दै

राष्ट्र बैंकले १४ अर्ब बराबरको ट्रेजरी विल बिक्री गर्दै

  • 622
    SHARES
  • राष्ट्र बैंकले १४ अर्ब बराबरको ट्रेजरी विल बिक्री गर्दै

    काठमाडौं । नेपाल राष्ट्र बैंकले १३ अर्ब ७४ करोड रुपैयाँ बराबरको ट्रेजरी विल बिक्री गर्ने भएको छ । मंगलबार जारी हुने ट्रेजरी विल ९१ दिन, १८२ दिन र १ वर्षको लागि राष्ट्र बैंकले जारी गर्न लागेको हो ।  

    ट्रेजरी विलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । 

    राष्ट्र बैंकले ९१ दिनको लागि २ अर्ब रुपैयाँ बरावरको ट्रेजरी विल जारी गर्न लागेको हो । यस ट्रेजरी विल आगामी भदौ १ गते परिपक्व हुनेछ । 

    त्यसैगरी राष्ट्र बैंकले १८२ दिनको लागि  ९ अर्ब ८५ करोड रुपैयाँ बरावरको ट्रेजरी विल जारी गर्न लागेको छ । यो बिल कात्तिक ३० गते परिपक्व हुने राष्ट्र बैंकले जानकारी गराएको छ ।

    त्यस्तै १ वर्षको लागि १ अर्ब ८९ करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्न लागेको हो  । यो ट्रेजरी विल विसं २०७९ आगामी जेठ ३ गते परिपक्व हुनेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij